सेग्रो है नाच्नु-गीत
सेग्रो है नाच्नु
-किशोर बायुङ राई
सेग्रो है नाच्नु चुर्झुममा चुर्झुम, हर्गेको तालैमा
बचाई राखौ तुम्लो र यालो, यहि हाम्रो पालैमा
नाचौ है सिलि सबैमा मिलि, दोलोकुम गाएर
सेग्रो है नाच्नु चुर्झुममा चुर्झुम, हर्गेको तालैमा
बचाई राखौ तुम्लो र यालो, यहि हाम्रो पालैमा
पुर्खाले सिर्जे अमुल्य तुम्लो सुम्पिए हामिलाई
बचाईराख्ने यो जुगको जिम्मा छ नि है हामिलाई
सेग्रो है नाच्नु चुर्झुममा चुर्झुम, हर्गेको तालैमा
बचाई राखौ तुम्लो र यालो, यहि हाम्रो पालैमा
बायुङ हामी मिलेर सारा बचाऊ है सस्कृती
तुम्लोयालोमा झल्किन्छ हाम्रो असली आकृती
सेग्रो है नाच्नु चुर्झुममा चुर्झुम, हर्गेको तालैमा
बचाई राखौ तुम्लो र यालो, यहि हाम्रो पालैमा।
मिति:२०८१/०९/०६ शनिबार ।।
Comments
Post a Comment