किशोर बायुङ राईद्धारा लिखित राधादेवी राईको जीवनी पुस्तक "मज्जति" पढिसके पश्चात कवि देव समीपको प्रतिक्रिया
किशोर बायुङ राईद्धारा लिखित राधादेवी राईको जीवनी पुस्तक मज्जति पढिसके पश्चात कवि देव समीपको प्रतिक्रिया
लामो समयदेखि थन्क्याएर राखेको "मज्जति" पिपी (बजु)राधादेवी राईज्यूको लिपिबद्ध गरिएको जीवनका आरोह अबरोह लाई नजिकबाट अनुभुत गर्ने मौका मिल्यो ! यो पुस्तक पढेपछि उहाँप्रति अझ श्रद्धाभाव चुलिएको छ ।
मानिसको जीवन संघर्ष आफैमा महत्वपूर्ण हुन्छ । त्यस क्षणका भोगाई,अनुभव र आफ्नो भावनालाई यसरी लिपिबद्ध गर्नु अझ सिर्जनात्मक र साहसपूर्ण काम हो । किन कि भावना एकदिन आफै मरेर जान्छ... । सधै आशीर्वाद दिइरहनुहुने पिपिको बारेमा धेरै बोल्नु अप्ठ्यारो विषय हो ।
२६ वर्षदेखि जिमी राई उत्थान समाज सोलुलाई हाकिराख्नु भएको चुचू यस बहादुर राईज्यूको पछाडी पिपीको साहसीपूर्ण साथ कम छैन भनेर आकलन गर्न सकिन्छ । सावाँ अक्षर नचिनेको पिपिलाई यो अवस्थासम्म पुर्याई आज आफ्नो जीवन भोगाई यसरी पुस्तकको रुपमा ल्याउन चुचूको पनि कम साथ छैन उहाँप्रति उत्तिकै श्रद्धा भाव छ ।
साथै पिपिको भावनालाई लिपिबद्ध गरी हामीसम्म नोक्छोको काम गर्न सहयोग गर्नुभएकोमा अनन्य मित्र Kishor Bayung Rai सरलाई बधाई तथा आभार !
Comments
Post a Comment