वसन्त बायुङ राईको उपन्यास "कठुवा"को बारेमा कृषि विज्ञ जीवन राईको पाठकीय धारणा
वसन्त बायुङ राईको उपन्यास "कठुवा"को बारेमा कृषि विज्ञ जीवन राईको पाठकीय धारणा
उदियमान साहित्यकार श्री वसन्त बायुङ राई कृत उपन्यास शुरु देखि अन्तिम सम्म पुरै पढियाे । मैले कलेज जीवनमा अनिवार्य पढ्नुपर्ने उपन्यास बसाई र त्यसपछि मदन पुरुस्कार प्राप्त उपन्यास सेताे धर्ती राम्रोसँग पढेकाे थिएँ । यसपछि राम्रोसँग पढेकाे उपन्यास यही " कठुवा " नै हाे । उपन्यास भन्दा फरक बिधाका पुस्तकहरु मैले धेरै पढ्ने गर्दछु ।
- बिषय बस्तुकाे उठान हेर्दा उपन्यासकार उपन्यास लेखनमा निकै अभ्यस्त जस्तो देखिन्छ । यसले उपन्यासकारले मेहनत गरे अागामी दिनमा समाजका लागि एकदमै राम्रो उपन्यास र कृति हरु ल्याउन सक्नेछन् ।
- पात्रहरुले गर्ने सम्वाद ठेट नेपाली झररा शब्द र स्थानीय परिवेश सुहाउँदो छ । " जाँठा शब्द " नभएको भए याे उपन्यास खल्लो हुनेथियो । राई, लिम्बू समाजमा त्यो शब्द सुन्नु सामान्य हाे र याे समाजमा बसेपछि याे शब्द प्यारो पनि हुन्छ ।
- पुस्तकमा केही कमजोरी अवस्य छन । पुस्तक शुरुबाट नै शुरु गर्नुपर्ने हुन्छ तर याे पुस्तक पढ्नुभन्दा पहिला पछाडि बाट शुरु गर्नुपर्ने हुन्छ । कारण उपन्यासमा प्रयाेग भएका बायुङ भाषाहरुकाे नेपालीकरण पछाडि राखिएको छ । त्यो बुझेर मात्रै उपन्यास पढे राम्रोसँग बुझिन्छ ।
- उपन्यासको पात्रहरुकाे केही चिनारी र उनीहरुको भुमिका बारे कसैलाई लेख्न लगाएर भएपनि संक्षिप्त रुपमा पुस्तककाे पछाडितिर राखिएको भए ज्यादै सुन्दर हुने थियोे ।
- भबिष्यमा उपन्यासकारले मेहनत राम्रोसँग गर्नुपर्ने देखिन्छ । साहित्यिक अाकाशमा चम्किलो तारा बनेर बस्नु धेरै नै मेहनत अावश्यक छ ।
उज्ज्वल भबिस्याकाे हार्दिक शुभकामना । उपन्यासकार वसन्त बायुङलाई ।
-
Comments
Post a Comment