Posts

Showing posts from May, 2025

बायुङ राईहरुको हङ सेग्रो सिली( Hang Segro Sili of Bayung Rai)

Image
 बायुङ राईहरुको हङ सेग्रो सिली बायुङ राई जातिले पितृपुजाको अवसरमा साँस्कृतिक भेषभूषा पहिरिएर नाच्ने तुम्लो(मुन्दुमी) अर्थात् साँस्कृतिक नाच हो, हङ सेग्रो सिलि ।  मिति २०८२ जेठ ३ गतेका दिन अर्थात् यलेदोङ ५०८५को लिङ्मा वाक्सा(उभौली साकेला) को अवसरमा किरात बायुङ राई सुम्निखिमद्धारा काठमाडौंको टुडिखेलमा प्रदर्शन गरिएको ङार्कुवा सिलिको एक झलक । भिडियो स्रोतः शोभा थुलुङ बायुङ राई

बायुङ राईहरुको हङ सेग्रो सिली( Hang Segro Sili of Bayung Rai)

Image
 बायुङ राईहरुको हङ सेग्रो सिली बायुङ राई जातिले पितृपुजाको अवसरमा साँस्कृतिक भेषभूषा पहिरिएर नाच्ने तुम्लो(मुन्दुमी) अर्थात् साँस्कृतिक नाच हो, हङ सेग्रो सिलि ।  मिति २०८२ जेठ ३ गतेका दिन अर्थात् यलेदोङ ५०८५को लिङ्मा वाक्सा(उभौली साकेला) को अवसरमा किरात बायुङ राई सुम्निखिमद्धारा काठमाडौंको टुडिखेलमा प्रदर्शन गरिएको ङार्कुवा सिलिको एक झलक । भिडियो स्रोतः शोभा थुलुङ बायुङ राई

Ngarkuwa Sili of Bayung Rai बायुङ राई जातिको ङार्कुवा सिली

Image
 ङार्कुवा सिली बायुङ राई जातिले पितृपुजा हङ सेग्रोमा नाच्ने विभिन्न सिलिहरुमध्ये ङार्कुवा सिलि एक हो । यो सिलि क¥याङ कुरुङ चराको अभिनय गरेर नाचिन्छ ।  मिति २०८२ जेठ ३ गतेका दिन अर्थात् यलेदोङ ५०८५को लिङ्मा वाक्सा(उभौली साकेला) को अवसरमा किरात बायुङ राई सुम्निखिमद्धारा काठमाडौंको टुडिखेलमा प्रदर्शन गरिएको ङार्कुवा सिलिको एक झलक । भिडियो स्रोतः शोभा थुलुङ बायुङ राई

किशोर बायुङ राईद्धारा लिखित राधादेवी राईको जीवनी पुस्तक "मज्जति" पढिसके पश्चात कवि देव समीपको प्रतिक्रिया

Image
  किशोर बायुङ राईद्धारा लिखित राधादेवी राईको जीवनी पुस्तक मज्जति पढिसके पश्चात कवि देव समीपको प्रतिक्रिया लामो समयदेखि थन्क्याएर राखेको "मज्जति" पिपी (बजु)राधादेवी राईज्यूको लिपिबद्ध गरिएको जीवनका आरोह अबरोह लाई नजिकबाट अनुभुत गर्ने मौका मिल्यो ! यो पुस्तक पढेपछि उहाँप्रति अझ श्रद्धाभाव चुलिएको छ । मानिसको जीवन संघर्ष आफैमा महत्वपूर्ण हुन्छ । त्यस क्षणका भोगाई,अनुभव र आफ्नो भावनालाई यसरी लिपिबद्ध गर्नु अझ सिर्जनात्मक र साहसपूर्ण काम हो । किन कि भावना एकदिन आफै मरेर जान्छ... । सधै आशीर्वाद दिइरहनुहुने पिपिको बारेमा धेरै बोल्नु अप्ठ्यारो विषय हो । २६ वर्षदेखि जिमी राई उत्थान समाज सोलुलाई हाकिराख्नु भएको चुचू यस बहादुर राईज्यूको पछाडी पिपीको साहसीपूर्ण साथ कम छैन भनेर आकलन गर्न सकिन्छ । सावाँ अक्षर नचिनेको पिपिलाई यो अवस्थासम्म पुर् ‍ याई आज आफ्नो जीवन भोगाई यसरी पुस्तकको रुपमा ल्याउन चुचूको पनि कम साथ छैन उहाँप्रति उत्तिकै श्रद्धा भाव छ । साथै पिपिको भावनालाई लिपिबद्ध गरी हामीसम्म नोक्छोको काम गर्न सहयोग गर्नुभएकोमा अनन्य मित्र Kishor Bayung Rai सरलाई बधाई तथा आभार !

वसन्त बायुङ राईको उपन्यास "कठुवा"को बारेमा कृषि विज्ञ जीवन राईको पाठकीय धारणा

Image
  वसन्त बायुङ राईको उपन्यास "कठुवा"को बारेमा कृषि विज्ञ जीवन राईको पाठकीय धारणा उदियमान साहित्यकार श्री वसन्त बायुङ राई कृत उपन्यास शुरु देखि अन्तिम सम्म पुरै पढियाे । मैले कलेज जीवनमा अनिवार्य पढ्नुपर्ने उपन्यास बसाई र त्यसपछि मदन पुरुस्कार प्राप्त उपन्यास सेताे धर्ती राम्रोसँग पढेकाे थिएँ । यसपछि राम्रोसँग पढेकाे उपन्यास यही " कठुवा " नै हाे । उपन्यास भन्दा फरक बिधाका पुस्तकहरु मैले धेरै पढ्ने गर्दछु । - कठुवा पुरा सामाजिक उपन्यास हाे । उपन्यासकार बायुङले साेलुखुम्बु अासपासकाे राम्रोसँग चित्रण गरेका छन । कथाले मागे अनुसार लेटाङ माेरङ र धनकुटा समेत बर्णनमा परेका छन । पात्रहरुकाे छनाैट र तिनकाे चरित्र चित्रण हुबहु नै छ । याे उपन्यासको सफलता हाे । - बिषय बस्तुकाे उठान हेर्दा उपन्यासकार उपन्यास लेखनमा निकै अभ्यस्त जस्तो देखिन्छ । यसले उपन्यासकारले मेहनत गरे अागामी दिनमा समाजका लागि एकदमै राम्रो उपन्यास र कृति हरु ल्याउन सक्नेछन् । - पात्रहरुले गर्ने सम्वाद ठेट नेपाली झररा शब्द र स्थानीय परिवेश सुहाउँदो छ । " जाँठा शब्द " नभएको भए याे उपन्यास खल्लो हुनेथियो ...

बायुङ राईहरुको सेग्रो सिलीको तयारी पुरा गरियो

Image
 वि.संं. २०८१ सालको उधौली (फारामो)को अवसरमा काठमाडौंस्थित बायुङ राईहरुको सेग्रो सिली प्रदर्शनको निम्ति हाम्रो तयारी । तस्वीरमा प्रवेश बायुङ राई, जीतेन बायुङ राई, राजकुमार बायुङ राई, किशोर बायुङ राई र डि.बी. बायुङ राई ।

Practice Session of Bayung Rai Segro/ Hang Sili in Kathmandu

Image
 किराति महान चाड उधौली तथा बायुङ राईहरुको चाड फारामो(उधौली)को अवसरमा किरात बायुङ राईहरुको हङ सेग्रो सिली प्रदर्शनको निम्ति वि.सं. २०८१ मंसिर २५ गते काठमाडौँमा गरिएको सिली प्रशिक्षणको दृश्यहरुः

Photos of Kirat Bayung Rai Sumnikhim's Calender Distribution

Image
 Photo: Kirat Bayung Rai Sumnikhim Facebook Page

Invitation to Bayung Rai's Segro Sili Learning workshop

Image
हार्दिक निमन्त्रणा ! सवैमा सेवा। किरात बायुङ राईहरूको महान चाड लिङ्मो वाक्सा - ५०८५ को अवसरमा प्रदर्शन गरिने हङ सेग्रो सिलीको प्रशिक्षणात्मक कार्यक्रम निम्न मिति, स्थान र समयमा आयोजना गरिएको हुंदा काठमाडौ उपत्यकामा रहनुहुने समस्त बायुङ राई आमाबुबा, दाजुभाई दिदिबहिनीहरूमा सादर निमन्त्रणा गरिन्छ । मिति: २०८२/०१/२७ गते शनिवार स्थान: भि•भि•एम• स्कुल, हरिसिद्धि ललितपुर (पानि ट्यांकि नजिक) समय: दिनको ११ वजे नोट: शनिवार पछि प्रशिक्षण कार्यक्रमस्थल परिवर्तन हुनसक्ने भएकोले सम्पर्क गर्नुहोला । संयोजक- 9849402854